रुकुम पूर्वमा आठ हजार हेक्टरमा सिँचाइ सुविधा

सिँचाइ सुविधा

रुकुम पूर्व:

रुकुम पूर्वमा विस्तारै सिँचाइ सुविधाको पहुँच बढ्दै जान थालेको छ। आकाशे पानीका भरमा खेती गर्दै आएका जिल्लाका कृषक पछिल्लो सिँचाइ सुविधाबाट लाभान्वित भएका छन् ।

केही समयअघिसम्म जिल्लामा सिँचाइका आयोजना थिएनन्। जिल्लामा कूल क्षेत्रफलको २० हजार २६५ हेक्टर खेतीयोग्य छ। ती मध्ये आठ हजार हेक्टरमा सुविधा पुगेको छ। बाँकी खेतीयोग्य जमिनमा भने सिँचाइ सुविधा पुर्याउने प्रयास भइरहेको जलस्रोत तथा सिँचाइ सवडिभिजन कार्यालयका प्रमुख योगेन्द्र महतोले जानकारी दिए ।

कार्यालय र विभिन्न सङ्घसंस्थाका सहयोगमा जिल्लाको आठ हजार हेक्टर जमिनमा सिँचाइको सुविधा पुगेको उनले जानकारी दिए। एक सय ६२ हेक्टर क्षेत्रफलमा भने मर्मत गरिएको छ। कार्यालयले आर्थिक वर्ष २०७५-७६ बाट आव २०७८-७९ सम्ममा ६८७ हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य राखेको छ ।

उनका अनुसार अहिलेसम्म जिल्लाको छिपखोला, इपीघारी, दादिङ, महत, कोर्जा, खाराबाङ र कोलमा सिँचाइको सुविधा पुर्याएको छ। कार्यालयबाट सञ्चालित आयोजनाबाट मात्रै जिल्लाका ८०० घरधुरी सिँचाइ सुविधाबाट लाभान्वित भएका छन्। अन्य सङ्घसंस्थाबाट सञ्चालित आयोजनाबाट लाभान्वित घरधुरीको विवरण भने नभएको उनको भनाइ छ ।

कार्यालयले भने ती ठाउँमा लिफ्ट, पोखरी बनाएर र नहर बनाएर सिँचाइको व्यवस्था गरेको छ। यस्तै, कार्यालयले कूल खेतीयोगय जमिनको १९ हजार १७५ हेक्टरमा सिँचाइको सुविधा पुर्याउने लक्ष्य राखेको छ। विस्तृत आयोजना प्रतिवेदन तयार गरेर क्रमागत बजेटमार्फत सिँचाइ सुविधाको व्यवस्था गरिने जनाइएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments