देशका अधिकांश भागमा झरी, बाढी पहिरोको उच्च जोखिम

भारी वर्षा

काठमाडौँ: यो साताको शुरुदेखि नै मनसुन थप सक्रिय भएकाले देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि नै औसत भन्दा बढी वर्षा भइसकेकाले अब हुने वर्षाले जोखिम बढाउने मौसमविद्हरुको भनाइ छ । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पनि गए रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ ।

यो क्रम दिउँसो केहीबेर रोकिएर साँझतिर फेरि वर्षा हुने जनाइएको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि वर्षा भइरहेको छ ।

आगामी बिहीबारसम्म नै झरीको सम्भावना रहेको छ । जसका कारण पहाडी क्षेत्रमा पहिरो र गेग्रानसहितको बहाव हुने जोखिम रहेको भन्दै महाशाखाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने चेतावनी दिएको छ ।

यस्तै तराइ क्षेत्रमा डुबानको खतरा रहेको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मनसुनी गतिविधि थप सक्रिय भएको हो ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments