रानीखेत र निमोनियाले गर्दा कुखुरापालनमा समस्या

रानीखेत रोगले मर्न थाले कुखुरा

सिमकोट: दैनिक १५ कुखुरा मर्ने गरेपछि किसानको कुखुरा फार्म खोल्ने धोको अधुरै रहने भएको छ। सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा रानीखेत र निमोनिया रोगले धमाधम कुखुरा मर्ने गरेपछि सो ठाउँका किसानको कुखुरा फार्म खोल्ने रहर अधुरै रहेको हो ।

लामो समयदेखि कुखुरापालन व्यवसायी गरी आर्थिक आम्दानी गर्ने स्रोत कुखुरापालन थियो तर किसानले जानकारी नै नपाएको रोग आएपछि आफ्नो व्यवसाय गरेर मनग्य आम्दानी गर्ने योजना चौपट भएको स्थानीय किसान बाँचबहादुर सुनारले दुःखेसो पोखे ।

सुनारले भने,“सदरमुकाम सिमकोटसँगै जोडिएको वडा हुँदा पनि आफ्ना कुखुरा बचाउन नसकेको हो।” उनका अनुसार मनग्य आम्दानी यही एउटा कुखुरापालन हो तर सोचेको काम पूरा नभएरै कुखुराको खोर रित्तो भएको छ ।

डाँडाफया– चार गाउँमा दुई हप्तादेखि उक्त रोगका कारण २०० बढी कुखुरा मरिसकेका छन्। तीन वर्षदेखि कुखुरापालन व्यवसाय गरेकोमा सबै कुखुरा सोही रोगका कारण मरेपछि कुखुरा फार्म खोल्ने र व्यवसायी गर्ने धोको सपना जस्तै भएको अर्का स्थानीयवासी गौँगोरी सुनारले बताइन् ।

रानीखेत र निमोनियाले गर्दा कुखुरापालनमा समस्या भएको स्थानीय कालीबहादुर सुनारले जानकारी दिइन्। स्थानीयवासीका अनुसार रोग लागेका कुखुरा पहिला झोक्र्याउने, कराउने र अनि मर्ने गरेका छन् ।

मौसम परिवर्तनसँगै बाहिरबाट ल्याएका कुखुरा भएका कारण रानीखेत र निमोनिया रोगले छिटो च्याप्ने गरेको पशुविकास अस्पताल कार्यालयका प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाको छ। प्रमुख थापाले भने, “डाँडाफयामा फैलिएको उक्त रोग नियन्त्रणका लागि औषधिसहित टोली चाँडै रोग प्रभावित क्षेत्रतर्फ जाने छ । ” रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?