कृषि प्रधान देश नेपाल ? जसले एक वर्षमा किन्छ ५० अर्बको चामल
काठमाडौँ: गत आर्थिक वर्ष नेपालमा ५० अर्ब ४ करोड रुपैयाँको चामल मात्रै भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा भित्रिएको चामल अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ प्रतिशतले बढी हो। वर्षेनी चामलका लागि बाहिरिने रकम बढ्दै गएको छ।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ३३ अर्ब ३५ करोडको चामल भित्रिएको थियो भने आर्थिक वर्ष २०७५/७६ मा ३२ अर्ब २१ करोड रुपैयाँको चामल आएको थियो। रकमका आधारमा कृषिप्रधान देश नेपालमा सबैभन्दा बढी आयात हुने बस्तुहरुमध्ये चामल छैटौं स्थानमा पर्छ।
