राजविराजमा कृषि विश्वविद्यालय

कृषि विश्वविद्यालय

राजविराज : प्रदेश नं २ सरकारले कृषि क्षेत्रको विकासका लागि यहाँ कृषि विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालय स्थापना सम्बन्धी बुँदा समावेश गरिँदै आइएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्रप्रसाद साहले रासससँग कुरा गर्दै सप्तरीमा कृषि विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी दिनुभयो । विश्वविद्यालय स्थापना गर्नको लागि तत्काल रु २५ करोड जुटाउन प्रयास भइरहेको र यसका लागि छिट्टै पूर्वाधारको समेत व्यवस्थापन गरिने उहाँले बताउनुभयो । उहाँले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमै कृषि विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिएकोसमेत जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “विश्वविद्यालय स्थापना लागि यसै महिनादेखि काम सुरुआत हुन्छ । यसका आवश्यक लागि रकम विनियोजन हुन्छ ।” यस्तै प्रदेश सरकारले पर्साको वीरगन्जमा विज्ञान प्रविधि विश्वविद्यालयसमेत तत्काल स्थापना गर्ने तयारी गरेको जनाइएको छ । यसका लागि रु २५ करोड बजेट छुटाउने र काम चाँडै सुरु गर्ने मन्त्री साहले जानकारी दिनुभयो ।

यसै गरी चालु आर्थिक वर्षदेखि ‘एक निर्वाचन क्षेत्र पाँच किलोमिटर कालोपत्रे’ सडक निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने योजनासमेत रहेको जनाइएको छ ।रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?