गुणस्तरय बीउ उत्पादनमा बीउ प्रशोधनको आवस्यक्ता

स्वाथ्य तथा गुण्स्तर बीउकोकृषीक्षेत्रमा गुणस्तरय तथा राम्रो मात्रामा उत्पादनकोलागि महत्व भूमिका रहेको हुन्छ । गुणस्तरयुक्त बीउ भन्नाले कुनैपनि बाली ÷जातको बीउको बंशानुगत जातीय शुद्धता, भौतिक शुद्धता, उपयुक्त चिस्यान , रामो उमारशक्ति , रोग किरा मुक्त स्वास्थ, समान आकार प्रकार,
चमकपन आदि गुणहरु तोकिएको मापदण्दअनुसार कायम भएकोबीउलाई मान्न सकिन्छ । बीउको उत्पादन, संकलन, प्रशोधन, प्याकेजिङ्ग र बिक्री वितरण एवं ढुवानीको क्रममा बीउको गुणस्तर निरीक्षण तथा नियन्त्रणमा विशेष ध्यान पुर्याउन सकिएन भने त्यस्ता गुणहरुमा ह«ास हुन जान्छ । अतः बीउको गुणस्तरता कायम गर्न बीउ प्रशोधणले महत्व भूमिका खेल्दछ ।

बीउ प्रशोधन भन्नाले बीउको गुणस्तर बढाउन बीउ काटे देखी बजारीकरण गर्नुसम्म गरिने विभिन्न प्रकृयालाई भन्न सकिन्छ । यसमा विभिन्न विधिहरु रहेका हुन्छन्जसबाट बीउको गुण्स्तर बढाउन सकिन्छ । बीउ प्रशोधन एउटा यस्तो प्रकृया हो जसबाट हामीले बीउको गुणस्तर बढाउन सक्छौ भने त्यसपछि उक्त बिउको गुणस्तर उपभोक्ता सम्म पुग्दा कायम राख्नु आवश्यक हुन्छ । प्रशोधन गरिएको बीउले मात्र प्रमाणीकरण पाउछ ।
बीउ प्रशोधनमा विभिन्न प्रकृयाहरु रहेको हुन्छ जसबाट हामीले गुणस्तर बीउ प्राप्त गर्न सक्छौ । ती प्रकृयाहरु तल प्रशतुत गरिएका छन्।

∙ सुकाउनु(drying) ःयो प्रकृयाबाट बीउको नमीलाई कम गरि सुरक्षित सिमासम्म ल्याउन सकिन्छ जस्ले गर्दा बीउको व्यवहार्यता र शक्ति कायम गर्न मद्दत पुर्याउछ । बीउलाई सुकाउनुका धेरै फइदाहरु रहेका छन्। एकातर्फ यो प्रकृयाले बीउको व्यवहार्यता र शक्ति कायम गर्न मद्दत पुर्याउछ भने अर्को तर्फ बीउलाई लामो समयसम्म भण्डारण पनि गर्न सकिन्छ । यसकासाथै यो प्रकृयाबाट बीउलाई मोल्ड तथा हानिकारक सूस्मजीवको सङक्रमणबाट पनि बचाई अन्तयमा बीउको गुण्स्तरलाई कायम गर्न सकिन्छ ।

∙ सरसफाई (cleaning) ः बीउमा धेरै नचाहिने बस्तुहरु जस्तै निष्क्रिय पदार्थ, झरपातका बीउहरु , अन्य बालीका बीउहरु आदी मिसिएको हुन्छ । यस प्रकृयामा नचाहिने वस्तुहरुलाई बीउबाट छुट्याउने काम गरिन्छ । बीउको सरसफाइ पनी तीनवटा चरणमा गर्न सकिन्छ ( पहिलो चरणमा पूर्व तयारी गरिन्छ । जस्तैः मकै भएमा घोगाबाट बिउ निकाल्नु , बीउको लटबाट बीउ भन्दा साधारणतय ठूलो रहेको निष्क्रिय पदार्थ निकाल्नु, आदि । त्यसपछि मूल रुपमा बीउको सरसफाई गरिन्छ र अन्तयमा बीउको उन्नयन गरिन्छ । यसमा बीउको गुणस्तर बढाउन बीउको दानाको आकारको आधारमा वर्गीकरण गरिन्छ ।

∙ बीउको उपचार: यो प्रकृयामा बीउलाई रोग तथा किराबाट नियन्त्रण गर्न विभिन्न वनस्पति तथा रसायणको प्रयोग गरिन्छ । यसबाट विउबिजनमा लाग्ने रोग जस्तै कालो पोको , ब्लाइट इत्यादी बाट बचाउन सकिन्छ । यसका साथै बीउलाई अन्य माटो जनित रोग र किराहरु जस्तै गवारो , रातो कमिला इत्यादि साथै भण्डारणको बेला देखिने किराहरु जस्तै भुंगा, खपटे किरा इत्यादि बाट पनि बचाउन सकिन्छ ।

∙ बिउको प्याकेजिङ र व्यवस्थापन: बीउको प्रशोधन र उपचार पछि गरिने यस प्रकृयामा बीउलाइ उपयुक्त भाडोमा राखेर सुरक्षित रुपमा भण्डारण गरिन्छ ।

यसरी विभिन्न प्रशोधनको प्रकृयाबाट बीउको गुण्स्तरलाई बढाउन सकिन्छ । सङक्षिप्तमा भन्नुपर्दा प्रशोधनका विभिन्न प्रकृयाहरुबाट बीउको गुण्स्तर बढाउनमा निम्न फाइदाहरु रहेका छन्।

∙ बीउको प्रशोधन प्रकृयाबाट बीउलाई बिग्रनुबाट बचाउनुका साथै बीउको भण्डारण शक्तिलाई पनि बढाउन सकिन्छ ।
∙ यसबाट बीउको शक्ति बढाउनुका साथैकम शक्ति भएका बीउ हटाएर बजारमा उच्च मुल्य प्राप्त गर्न सीकन्छ ।
∙ बीउको बर्गिकरण गरेर आकारमा एकरुपता ९गलषयचmष्तथ० बढाउन सकिन्छ ।
∙ बीउमा रहेका निस्कृय पर्दाथ तथा बिग्रेका बीउहरु हटाएर बीउको गुण्स्तर बढाउनमा मद्दत पुर्याउछ ।
∙ बीउको उमारशक्ति बढाउन सकिन्छ ।
यसरी हामीले उक्त बीउको बीउ मूल्य श्रृंखला बढाउन सक्छौ ।

निस्कर्ष

अन्तयमा ः गुणस्तर बीउ प्राप्त गर्न गुणस्तर बीउ उत्पादन गर्नका साथसाथै बीउ प्रशोधनको पनि अहम भूमिका रहेको हुन्छ । अहिल्यै वर्तमान अवस्थामा पनि , हाम्रो देशमा कृषकस्तरमा बीउ प्रशोधन कार्य तथा आवशयक संरचनाको कमि रहेको छ । तस्र्थ बीउ प्रशोधनका लागि लगानी वृद्ध गर्न आवस्यक देखिन्छ ।यसरी हामीले सवास्थय तथा गुणस्तर बीउ तयार गरेर राम्रो उत्पादन लिन सक्छौ ।

लेखक: ममता साह (हाल अध्ययनरत, स्नातक कृषि विज्ञान संकाय चौथो सत्रान्त, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा, रुपन्देही)

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments