किसानको समस्या: जंगली हात्तीका कारण पाक्न लागेको धान नष्ट

हात्तीले धानबाली नष्ट

सर्लाही : जंगली हात्तीले सर्लाहीको ईश्वरपुर नगरपालिकाका विभिन्न स्थानमा किसानको पाक्न लागेको धान नष्ट गर्दा किसानलाई समस्या परेको छ ।

दिनभर नजिकैको जंगलमा बस्ने हात्तीले रात परेपछि किसानको खेतमा पसेर मुखैमा धान बाली नष्ट गर्ने गरेको छ । थाल भाँडा ठटाउने र आगो बाल्ने गर्दा पनि हात्तीहरु अटेरी भई धान खाइदिने गरेको स्थानीय किसानहरुले बताएका छन् ।

हात्तीले सागरनाथ वन विकास परियोजनाको जंगलसँगै टाँसिएको श्रीनगर, हरकठवा, सागरनाथ लगायत क्षेत्रमा बालीनाली नष्ट गर्दै आइरहेको छ ।

सर्लाहीमा ४ महिनाअघि आएका तीनवटा हात्ती, आएको ठाउँतिर फर्किएर गएका छैनन् । ती हात्तीले सागरनाथ र बाँके जंगलमा बसेर किसानको अन्नबाली खाइदिने, घरका बेराघेरा भत्काउने गर्दै आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?