उद्योग वाणिज्य महासङघको कृषि समितिको विज्ञमा राज शाही
खलङ्गा: उद्योग वाणिज्य महासङ्घको कृषि समितिको विज्ञमा जुम्लाका राज शाही नियुक्त भएका छन्। समितिका सभापति अजयराज सुमार्गीले शाहीलाई उक्त पदमा नियुक्त गरेका हुन् ।
समितिले कृषिका विभिन्न परियोजना सञ्चालन गर्दै आए पनि कृषिका जानकारको सङ्ख्या न्यून हुँदा ठोस् उपलब्धि हुन नसकेको अवस्थामा शाहीजस्ता अनुभवीबाट सहयोग मिल्ने जनाएको छ ।
जुम्ला अर्गानिक्स एण्ड कर्णाली सुपरफाष्ट कम्पन्नीका सञ्चालकसमेत रहेका शाही विगतदेखि नै कृषिको विकास, किसानलाई सम्मान तथा प्रोत्साहनका लागि वकालत गर्दै आएका थिए ।
