कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण

कृषक क्रेडिटकार्ड

लुम्बिनी:

कृषि विकास बैंक लिमिटेड शाखा भैरहवाले किसानका लागि क्रेडिट कार्ड-एप्स तथा एमपिओस वितरण गरेको छ। बैंकले सोमबार एक कार्यक्रम आयोजना गरी ४६ किसानलाई कार्ड वितरण गरेको हो ।

बैंकले जिल्लाको मायादेवी गाउँपालिका–६ स्थित बेलामाई सहकारी संस्था लिमिटेडका सदस्य किसानलाई एमपिओस वितरण गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एउटै क्रेडिट कार्डमार्फत किसानलाई विभिन्न विषयमा जानकारी पाउन सकिने बताए ।

उनले किसानलाई सहयोग गर्नु बैंकको दायित्व भएको जनाउँदै बाली बीमा, पशु बीमामा ८० प्रतिशत अनुदान दिइने जानकारी दिए। बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले विद्युतीय भुक्तानीमार्फत कृषि सामग्री खरिद गर्न सकिने र कार्डको पिन-पासवर्ड सुरक्षित राख्न किसानलाई आग्रह गरे। उनले एप्समार्फत विभिन्न सूचना प्राप्त गर्न सकिनाका साथै राज्यबाट प्राप्त सेवासुविधा उपभोग गर्नुपर्ने बताए ।

बैंकका लुम्बिनी प्रदेश निर्देशक राजेशकुमार श्रीवास्तवले किसान कार्डले नगदरहित कारोबार गर्न सहयोग पुग्ने र केही हदसम्म एमपिओसले बैंकको काम गर्ने जानकारी दिए। बैंकअन्तर्गत आइफ्याड परियोजनाका डिजिटल अफिसर सरोज नेपालले बैंकको सेवा लिन र कारोबारलाई अगाडि बढाउन आग्रह गरे। उनले कार्डको प्रयोगमार्फत किसानले उत्पादन गरेका सामग्रीले उचित मूल्य पाउने र बिचौलियाको चलखेलबाट पनि बच्न सकिने बताए ।

के हो किसान क्रेडिट कार्ड विद्युतीय भुक्तानीको माध्यमबाट कारोबार गर्न सकिने बैंकले जारी गरेको कार्ड नै किसान कार्ड हो। यो कार्डको उपयोग किसान, कृषि तथा वन व्यवसायी, कृषि मचेन्ट, कृषि सहकारी, फर्म, कम्पनीहरुले गर्ने आइफ्याड परियोजनाका रितु खनालले बताइन् ।

आवश्यक कृषि सामग्री कृषि मचेन्टबाट खरिद गर्न सकिने तथा कर्जा ग्राहकले वा खाताग्राहीले तोकिएको सीमासम्म कार्डमार्फत कोरोबार गर्न सकिने बैंकले उनले बताइन्। त्यस्तै, आफूले उत्पादन गरेको कृषि उपज बिक्री गर्न सकिने तथा कृषि कार्यका लागि क्यास पोइन्टबाट नगद जम्मा तथा भुक्तानी गर्न सकिनेछ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?