मेचीनगरमा तीन करोड लगानीमा ‘न्युटेला’ उद्योग सञ्चालन

झापा: मेचीनगर नगरपालिका–१० मा स्थानीय श्रम र सीपको प्रयोग गरेर उत्पादन गर्ने उद्देश्यले रु तीन करोडको लगानीमा नन्दा फुड इन्डस्ट्रिज सञ्चालनमा आएको छ। स्थानीय व्यवसायी अजय घिमिरे र भूमि पौडेलेको संयुक्त लगानीमा सुरु भएको उद्योगले दैनिक एक हजार केजी ‘न्युटेला’ उत्पादन गर्दै आएको छ ।

भारतको दिल्ली, राजस्थान र चाइनाबाट कच्चापदार्थ ल्याएर उत्पादन गरिएको न्युट्रेला २०० ग्रामदेखि पाँच केजीसम्मको प्याकेजिङ गरेर बजारमा पठाइरहेको सञ्चालक घिमिरेले बताए। तरकारी र अचारको रुपमा प्रयोग गरिने ‘न्युटेला’ बच्चादेखि वृद्धवद्धासम्मले मन पराउँछन्। इन्डस्ट्रिजमा हाल स्थानीय १२ जनाले रोजगारी पाएका छन् ।

“स्थानीयवासीलाई रोजगारी पनि मिल्ने र उनीहरुकै श्रम सीपको प्रयोग गरेर उत्पादन गर्न सकिने हुँदा हामीले तत्काल न्युट्रेला उत्पादन सुरु गरेका छौैं”, सञ्चालक घिमिरेले भने, “निकट भविष्यमा नन्दा कर्नफ्लेक्स र चोकोफोनको समेत उत्पादन गर्छौं ।”

इन्डस्ट्रिजले हाल नन्दा सुजीको समेत प्याकेजिङ गर्दै आएको छ। दैनिक दुई हजार केजी न्युटेला उत्पादन गर्ने क्षमता रहेको उद्योगले हाल नमूना परीक्षणका लागि एक हजार केजी मात्र उत्पादन गर्दै आएको बताए। उनले यहाँ उत्पादित न्युट्रेला स्थानीय बजारमै खपत भइरहेको बताउँदै भने ।

एक महिना अघि सञ्चालनमा आएको इन्डस्ट्रिजबाट उत्पादित न्युट्रेला दशैँ तिहार पछाडिदेखि पहाडी जिल्ला इलाम, ताप्लेजुङ र पाँचथरमासमेत पठाउने तयारी गरिरहेको उनले जानकारी दिए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?