किसान चिन्तित : धानको बालामा भूस मात्रै

धानखेतीमा गँवारो रोगको प्रकोप

सर्लाही :सर्लाहीमा धानको बालामा भूस मात्रै देखिएपछि किसानहरु चिन्तित भएका छन् । धानको बालाहरु गुदीविहिन देखिएपछि किसान चिन्तित भएका हुन् ।

इश्वरपुर, श्रीनगरलगायत आसपासका किसानले लागाएको धानमा यस्तो समस्या आएको हो । स्थानीय बिक्रेताबाट किनेको बिऊ रोपेको धानमा यस्तो समस्या आएको राज कुमार महत्तोले बताएका छन् ।

स्थानीय बिक्रेताले राम्रो जातको बिऊ भनेर आफूहरुलाई झुक्याएको उनीहरुको गुनासो छ । कृषिबिज्ञको सल्लाह अनुसार नै मलखाद हालेको भएपनि धानमा गेडा नलागेको किसानहरुले बताएका छन् ।

कृषि ज्ञानकेन्द्र सर्लाहीका प्रमुख कमल देव प्रसाद कुश्वाहाले भने हावापानी अनुकुल विऊ नहुँदा धान नफलेको तर्क गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?