दही चिउरा सक्खरसहितको प्रसाद खाएर जितिया पर्वको आज समापन गर्दै

जनकपुर : मिथिलाञ्चललगायत तराई क्षेत्रमा मनाइने जितिया पर्व आजबाट समापन हुँदै छ । तीन दिन चल्ने पर्वका क्रममा आज साँझ महिला बर्तालुले ओंगठन अर्थात दही चिउरा सक्खर सहितको प्रसाद खाएर वर्त समापन गर्ने छन् ।

वर्त समापनपछि महिलाहरुले पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने गर्दछन् । पारिवारिक सुख, शान्ति र सन्तानको दिर्घायूको कामना गर्दै विवाहिता महिलाले यो पर्व मनाउने गर्दछन् । तराईका धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिरहा, सप्तरीलगायतका जिल्लामा जितिया पर्व मनाउने गरिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?