बाघ आक्रमण :घाँस काट्न गएका २५ वर्षीय युवकको शव फेला

विश्व बाघ दिवस

चितवन : चितवनमा बाघले आक्रमण गरेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।

मंगलबार दिउँसो १ बजे पूर्वी चितवनको खैरहनी–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र घाँस काट्न गएका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको थियो ।

५६ जनाको समुहमा रहेका बोटेलाई बाघले आक्रमण गरेर झाडीतर्फ लगेको थियो । बेपत्ता भएका बोटेलाई निकुञ्ज प्रशासनको पहलमा ८ वटा हात्ती सहित प्रहरी , सेना लगायतको टोलिले खोजीकार्य गरेको थियो ।

उनको शव बाघले आक्रमण गरेको स्थानभन्दा १०० मिटर पर झाडीमा आज दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाले जानकारी दिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?