च्याङ्ग्रा बिक्री नगर्ने: खाद्यले शुक्रबारदेखि खसीबोका बेच्ने

च्यांग्रा

काठमाडौँ: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आउँदो शुक्रबारदेखि खसीबोकाको बेच्न थाल्ने भएको छ । कम्पनीले यस वर्षको दशैँका लागि दुुई हजार खसीबोका काठमाडौँमा ल्याउने तयारी गरेको छ । गत वर्ष एक हजार ५५० वटा खसीबोका बिक्री गरेको कम्पनीले यस वर्ष दुुई हजार खसीबोका बिक्री वितरण गर्ने तयारी गरेको हो ।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैँमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ । गत वर्षदेखि च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्यधिक महँगो भएको भन्दै कम्पनीले बिक्री नगरिने यसअघि नै जानकारी गराइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments