युवाहरु पशुपालनका क्षेत्रमा आकर्षित,स्थानीय तहमा मासु तथा दूधको उत्पादन वृद्धि

युवा गाईपालनमा

पाल्पा: पहाडी जिल्लामा गरिबी र बेरोजगारी समस्या समाधान गर्न युवाहरु पशुपालनका क्षेत्रमा आकर्षित भएका छन्। स्थानीय स्रोत र साधन परिचालन गरी पशुपालनका माध्यमबाट मासु तथा दूध ठूलो मात्रामा उत्पादन हुँदा त्यसमा आश्रित युवा रोजगार तथा स्वरोजगार हुँदै आएका हुन् ।

हेफर इन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष महेन्द्रनाथ लोहनी र पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जाका स्थानीय सरकारबीच अन्तक्र्रिया कार्यक्रममा पाल्पा माथागढी गाउँपालिका प्रमुख सन्तोष थापा मगरले स्थानीयस्तरमा पशुपालनका माध्यमबाट युवालाई स्वरोजगार बनाउन सकिने बताए ।

उनले पशुपालनका क्षेत्रमा लगानी गरेअनुसार प्रतिफल प्राप्तिका लागि प्राविधिक ज्ञानसमेत आवश्यक पर्ने जानकारी दिए। स्थानीयस्तरमा पशुपालन गरी उत्पादित मासु र दूधलाई प्रशोधन गरी अन्य परिकार तयार गर्न सकिनाका साथै यसका लागि थप जनशक्ति आवश्यक पर्ने भएकाले युवाहरुमा रोजगार र स्वरोजगारका अवसर सिर्जना हुनेछ ।

गुल्मीको माथागढी गाउँपालिका अध्यक्ष रितबहादुर थापाले पशुपालनका क्षेत्रमा लगानी गर्दा स्थानीय तहमा मासु तथा दूधको उत्पादन वृद्धि भइ आर्थिकरूपमा समृद्ध भइने बताए। नागरिकलाई सचेत बनाउँदै युवालाई कृषि तथा पशुपालनमा आकर्षित गर्ने र उत्पादनका क्षेत्रमा लगानी बढाउने, बजारीकरणका लागि पनि सहज पारिनुपर्ने उनको तर्क थियो ।

पाल्पाको निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले गाउँपालिकाभित्र ठूलो मात्रामा उत्पादित अम्रिसो, तेजपात, अदुवा, गेडागुडी बिक्री हुँदै आएको छ भने। उनले उत्पादित वस्तु जिल्ला बाहिर निकासी गर्दा करोडौँ आम्दानी भएपछि नागरिकको जीवनस्तर माथि उठ्न थालेको बताए ।

“तानसेन नगरपालिकामा सञ्चालित कृषि तथा पशुपालन क्षेत्रमा युवाको आकर्षण बढेको छ। नगरप्रमुख अशोककुमार शाहीले भने, “पहिला विदेश गएका महिला तथा पुरुष अहिले गाउँ फर्केर बाख्रापालनमा लागिपरेका छन्। नानीबाबुलाई पढाउन भनेर बजार आएका पनि अहिले गाउँमा बाख्रापालन गर्न थालेको देखिएको छ ।”

हेफर इन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष लोहनीले नेपालमा अमेरिकी नमुनाअनुसार पशुपालन गर्न आवश्यक रहेको जानकारी दिए। पशुपालनका क्षेत्रबाट युवालाई स्वरोजगार बनाउन सकिने भएकाले यसका लागि पहाडी जिल्लमा पनि राम्रो सम्भवना देखिएको उनले बताए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?