राम्रो आम्दानी : किसानहरु अकबरे खुर्सानी खेतीमा आकर्षित

झाडी हटाएर खोर्सानी खेती

तेह्रथम: तेह्रथुमको छथर क्षेत्रका किसानहरु अकबरे खुर्सानी खेतीमा आकर्षित भएका छन् । अन्नबाली भन्दा राम्रो आम्दानी हुने भएपछि अकबरे खुर्सानी खेतीमा आकर्षित भएका हुन् ।

यस क्षत्रका किसानले १ रोपनीदेखी ५ रोपनीको क्षेत्रफलमा अकबरे खेती गर्दै आएका छन । परम्परगत खेतीले खान समेत धौ धौ हुने अवस्थाका किसानको जीवन स्तरमा खुर्सानी खेतीले सुधार भएको छ । ब्यापारीहरु खुर्सानी खरिदका लागी घरघरै पुग्ने गरेको किसानहरुले बताएका छन् । अकबरे खुर्सानी प्रतिकिलो ४ सय रुपैयाँमा बिक्री हुँदै आएको छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments