दसैंमा उपत्यकामा ३२ हजार खसीबोका बिक्री, अघिल्लो वर्षको तुलनामा खपत घट्यो

काठमाडौँ: यो वर्ष दसैंमा उपत्यकामा झन्डै ५४ करोड रुपैयाँ बराबरको खसीबोका बिक्री भएका छन् ।दसैंमा सबैले मासु उपभोग गर्ने भएकाले पनि उपत्यकामा ठूलो संख्यामा खसीबोका बिक्री हुने गर्छ ।

यो वर्ष झन्डै ५४ करोड रुपैयाँ बराबरको ३२ हजार संख्यामा खसीबोका बिक्री भएका हुन् । खाद्य व्यवस्था कम्पनी लिमिटेड र निजी व्यवसायीले गरेर उपत्यकामा ३२ हजार संख्यामा खसीबोका बिक्री भएका हुन् ।

निजी व्यवसायीले ३० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १ हजार ९ सय ५६ ओटा खसीबोका बिक्री गरेका हुन । निजी व्यवसायीले ५० करोड २२ लाख रुपैयाँ बराबरको ३० हजार खसीबोका र च्यांग्रो बिक्री भएकोे बताएका छन् । चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष दिपक थापाले यो वर्ष ३० हजार संख्यामा खसीबोका बिक्री भएको जानकारी दिए ।

“अघिल्लो वर्ष ४५ हजार खसीबोका बिक्री भएका थिए” उनले भने, “यो वर्ष कोभिडको कारणले गर्दा आम्दानी कम हुँदा उपत्यकामा खसीबोकाको माग नै कम भएकाले खपत घटेको हो ।”

कोभिडको कारणले गर्दा प्रयाप्त आम्दानी नहुँदा उपभोग कम भएकाले खसीबोकाको बिक्री घटेको उनको भनाइ छ । बजारमा माग कम भएकाले खपत नै कम भएको व्यवसायीको भनाइ छ । यसवर्ष ५० प्रतिशत स्थानीय उत्पादन र ५० प्रतिशत छिमेकी मुलुक भारतबाट आयात भएको उनको भनाइ छ । अघिल्लो वर्ष ६० प्रतिशत भारत र ४० प्रतिशत आन्तरिक उत्पादन खसीबोका खपत भएको थियो ।

दसैंमा उपत्यकामा ठूलो संख्यामा खसीबोकाको कारोबार हुने गरेकोमा यो वर्ष झण्डै १५ हजार संख्यामा कम भएको व्यवसायीको भनाइ छ । यस्तै ४ हजार ५ सय संख्यामा च्यांग्रा बिक्री भएको संघले जानकारी दिएको छ । अघिल्लो वर्ष १० हजार संख्यामा च्यांग्रा बिक्री भएकोमा यो वर्ष तिब्बतबाट आयात नहुँदा कम बिक्री भएको व्यवसायीले बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?