किसानले फलाए ९९३ किलोको फर्सी : बन्यो विश्व च्याम्पियन

World Champions Pumpkin

क्यालिफोर्निया : अमेरिकाका एक किसानले ९९३ किलोग्राम (२१९१ पाउन्ड) को फर्सी फलाएर कीर्तिमान कायम गरेका छन्। हालै सम्पन्न विश्व फर्सी तौल च्याम्पियनसिप २०२१ मा उनले सो फर्सी प्रदर्शन गराएका हुन्।

जेफ अलमेयरले सो प्रदर्शन गर्दै ४८औँ विश्व फर्सी तौल च्याम्पियनसिपको उपाधि जितेका हुन्। उनले १९ हजार ७०९ डलर पुरस्कारसमेत हात पारेका छन्।

भूतपूर्व वासिङटन राज्य यातायात विभागका इन्जिनियर अलमेयरले आफ्नो पेसागत ज्ञान फर्सी फलाउनमा पनि रचनात्मक रूपमा लगाएका बताएका छन्। सोही विवेकले नै संसारकै ठूलो फर्सी फलाउन सकेको उनले प्रतिक्रिया दिएका छन्।

अलमेयरले फर्सीको बीउ ‘अक्सन’बाट किनेका थिए। उनले सन् २०१८ मा २,४६९ पाउन्डको फर्सी फलाएर पुरस्कार जितेका स्टीभ ड्यालिट्सबाट बीउ किनेका थिए।

सो बीउलाई उनले माटोको सन्तुलन, नाइट्रोजन थपेर, पोटासियम तथा फस्फोरस आवश्यकताअनुसार मिलाएर हुर्काएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा जनाइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?