आजको मौसम: देशभरको मौसम आज सफा रहने

डोल्पोबुद्ध गाउँपालिका– ६ सिमेन गाउँका किसान उवा उखेल्दै

काठमाडौँ: देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेकाले भारी वर्षा तथा बदलीको सम्भावना भने छैन ।

आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै, उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?