वर्षापछि तरकारीको मूल्य तेब्बरले वृद्धि

कृषि तथा पशुपालन व्यवसाय

कञ्चनपुर : कञ्चनपुरमा चाडपर्वकै मुखमै जिल्लामा तरकारीको मूल्य अस्वाभाविक रुपमा बढेको छ । निरन्तरको वर्षापछि तरकारीको मूल्य दोब्बरदेखि तेब्बरले बढेको हो । तरकारीको मूल्य एक साताको अवधिमै २० देखि ८० प्रतिशतले बढेको छ ।

मूल्य बढेसँगै उपभोक्ता मार्कामा परेका छन् । सबै भन्दा बढी दैनिक मजदुरी गरेर जीविका चलाउने वर्ग बढी मारमा परेका छन् । बाढीका कारण किसानले लगाएको तरकारी बगाएको र डुबान पारेर नोक्सानी गरेका कारण तरकारीको मूल्यमा वृद्धि भएको व्यवसायीको भनाइ छ ।

व्यवसायीका अनुसार हाल बजारमा ३० प्रति किलोका दरले बिक्री हुने सेतो आलु ५०, ३५ मा बिक्री हुने रातो आलु ६०, ६० मा बिक्री हुँदै आएको पहाडी आलु ८० मा खुद्रा मूल्यमा बिक्री भइरहेको छ ।

यसैगरी, ८० मा बिक्री हुँदै आएको प्याज १०० देखि १२०, गोलभेँडा ठूलो ८० बाट १२०, फर्सी ६० बाट १००, लौका ५० बाट ९०, बोडी ६० बाट १२०, काउली ६० बाट ९० प्रति किलोका दरले बिक्री भइरहेको छ। भ्यान्टा ६० बाट १२०, मिसला मिर्च १२० बाट २००, काँक्रा ६० बाट १०० र हरियो साग ५० बाट १२० प्रति किलोका दरले बिक्री भइरहेको छ ।

चाडपर्वका बेला तरकारीको मूल्य आकासिए पनि स्थानीय प्रशासनले अनुगमन नगर्दा पनि तरकारीको मूल्य अकासिएको बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?