नेपालगञ्जमा तिहार लक्षित बजार अनुगमन: ठूलो परिमाणमा अखाद्य मिठाइ फेला

राँझा: तिहार पर्व लक्षित गरी बाँकेमा जिल्लास्थित संयुक्त अनुगमन समितिले बजार अनुगमन सुरु गरेको छ। तिहार नजिकिँदै गर्दा मिठाइ तथा खाद्य वस्तुमा हुन सक्ने मिसावट तथा महँगीलाई मध्यनजर गरी बजार अनुगमन गर्न थालिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका प्रवक्ता देवीलाल चौलागार्इंले बताए ।

उनका अनुसार, बजार अनुगमन गर्दा नेपालगञ्जमा ठूलो परिमाणमा अखाद्य मिठाइ फेला पारेको छ। सोमबार नपालगञ्जका विभिन्न मिठाइ पसलमा अनुगमन गर्दा ८० किलो अखाद्य मिठाइ भेटिएपछि नष्ट गरिएको छ । मिठाइ पसलको अनुगमन गर्दा पसलमा बिक्रीको लागि राखिएको मिठाइ बिग्रिएर खान अयोग्य भएको पाइएपछि नष्ट गरिएको चौलागार्इंले बताए ।

चाडपर्वको बेलामा बजारमा कृत्रिम मूल्य वृद्धि, म्याद नाघेका सामानको बिक्रीलगायत गुणस्तरहीन सामानसमेत बिक्री गरिने हुँदा अनुगमनलाई तीव्र पारिएको उनको भनाइ छ। तिहारमा मिठाइ सबैभन्दा बढी बिक्री हुने हुँदा उपभोक्ताले हानिकारक मिठाइ खान नपरोस् भन्ने उद्देश्यले अनुगमन गरेर त्यस्ता मिठाइ नष्ट गरेर चेतावनी दिइएको उपभोक्ता हित संरक्षणमञ्च नेपालगञ्जका सचिव विनोद पाण्डेले बताए ।

चाडपर्वका बेलामा वस्तुको गुणस्तर र सर्वसुलभ मूल्य भन्दा पनि नाफा कमाउने उद्देश्यका साथ अखाद्य तथा मिसावट गर्ने कामलाई निरुत्साहित पार्न अनुगमन कार्यलाई नियमित गरिएको उनको भनाइ छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?