पाल्पालाई ढाका कपडा राजधानी बनाइने

पाल्पाली ढाका

पाल्पा: ढाका कपडाको राजधानीका रूपमा जिल्लालाई विकास गर्न सरोकारवाला निकायसँग छलफल थालिएको छ । पाल्पाली ढाका सङ्घले ढाकाको राजधानीका रूपमा विकास गर्न लुम्बिनी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफल जुटेको हो । तानद्वारा उत्पादित ढाका कपडा ब्रान्डिङ गरी पछिल्लो समय बजार पठाउन थालिएको हो ।

कार्यक्रममा ढाका कपडाको गुणस्तर कायम गर्न मापदण्डअनुसार उत्पादन गर्नुपर्ने सरोकारवाला निकायको धारणा थियो । प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले लुम्बिनी प्रदेशको पहिचानकै रूपमा ढाका कपडालाई विकास गरी स्वरोजगार तथा रोजगारका अवसर सिर्जना गर्न सकिने बताए।

उनले भने,े “ ढाका कपडा मागअनुसार आपूर्ति हुन सकिरहेको छैन , यसतर्फ सङ्घको ध्यान जानुपर्छ ।” प्रदेशका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले महिलाको सीप विकास गरी उद्यमशीलता विकासमा प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिए। महिला आर्थिक, सामाजिकरूपमा सक्षम भएमा सुखी परिवार निर्माण हुने भएकाले महिलाहरूलाई उद्यमशील बनाउन आवश्यक रहेको उनले बताए ।

श्रम रोजगार तथा यातायात व्यवस्थामन्त्री पूमर्ती ढेगाले पाल्पाली ढाकाको विकासका लागि आफूले पहल गर्ने जानकारी दिँदै यसले जिल्लामा रोजगारीसमेत सिर्जना गरेकाले यस्ता उद्योग अझ फस्टाउन आवश्यक छ भने ।

सङ्घका अध्यक्ष पूर्णमाया महर्जनले पाल्पामा विस २०१५ देखि ढाका कपडाका रूपमा पहिचान बोकेको र महिला तथा विपन्न वर्गका नागरिकलाई रोजगारीसमेत दिन सफल भएको बताए । सचिव मनोज पौड्यालले हस्तकलाद्वारा उत्पादित ढाका कपडा उत्पादनमा वृद्धि भएको जानकारी दिए। रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?