आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ: देशका केही भागमा आज वर्षा र हिमपात हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ। आज राति प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका एकरदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?