घरेलु औषधी धँगेरोको महत्व हेरौ

धँगेरो

– सुकेको धँगेरोको फूलको ३–६ ग्राम धुलो वा १०–१५ मिली धँगेरोको फूलको रसलाई दिनको दुई तीन पटक सेवन गर्नाले प्यास मेटाउँछ ।

अतिसार, नाक मुखबाट रगत जाने, रक्तप्रदर पेट तथा योनिबाट बढी रगत जाने र यौनाङ्गबाट सेतो पानी बग्ने आदि रोगहरुमा राम्रो फाइदा गर्छ ।

– पेटको जुका मार्छ । यसको सुकेको फूलको धुलोलाई आलस वा नरिवलको तेलमा मिलाई पोलेको घाउमा लगाइदिनाले दुखाई कम हुनुको साथै छिट्टै आराम मिल्छ ।

– यसको फूल र कोइरालाको बोक्रामा थोरै फिटकिरी मिलाई पिँधेर धुलो बनाई दाँत माझ्नाले दाँतको सम्पूर्ण रोग नाश हुन्छन् ।

– यसको प्रयोगले दाँतलाई चम्किलो र बलियो बनाउँछ ।

– धँगेरोको फूल पिँधेर काटेको घाउमा लगाउनाले घाउ चाँडै निको हुन्छ । गहिरो घाउ भए पुरिन्छ ।

‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments