वालिङमा व्यावसायिक छुर्पी उत्पादन

वालिङ: स्याङ्जाको वालिङस्थित अकला साना किसान कृषि सहकारी संस्थाले व्यावसायिक रुपमा छुर्पी उत्पादन गर्न थालेको छ ।स्थानीयस्तरमा उत्पादित दूधलाई बजारीकरणमा सहयोग पु¥याउनुका साथै किसानलाई दूग्ध उत्पादन व्यवसायमा थप उत्साह बढाउने उद्देश्यसहित व्यावसायिक रुपमा छुर्पी उत्पादन थालिएको संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्यालले बताए ।

स्थानीय किसानले उत्पादन गरेको दूधबाट दूध, दही, घ्यू, पनीर, खुवालगायत दूग्ध परिकार बनाएर विक्री गर्दै आएको सहकारीले गतवर्षदेखि वालिङमै व्यावसायिक रुपमा छुर्पी उत्पादन थालेको उहाँको भनाइ थियोे । ”सहकारीमार्फत स्थानीय किसानलाई बिना ब्याजमा कर्जा प्रवाह ग¥यौँ, उहाँहरु दूग्ध उत्पादनतर्फ उत्साहित भएर लाग्नुभयो”, अध्यक्ष अर्यालले भने, “दूध उत्पादन भएपछि बजारीकरणमा समस्या आउन नदिनका लागि दूधबाट बन्ने परिकारहरु बनाउन थालेका हौँ ।”

किसानले उत्पादन गरेको दूध बाहिर बजारमा पनि बिक्री गर्ने र बाँकी रहेको दूध सहकारीमा ल्याएर छोड्ने गरेका छन् । “किसानले दूध उत्पादन गर्न थाले तर उत्पादित दूधको बजारीकरणका केही उपाय अपनाउन प¥यो भनेर छुर्पी बनाउने विधि सिक्न हेटौँडा पुगेँ”, उनले बताए, “छुर्पी बनाउनका लागि आवश्यक उपकरण खरिद ग¥यौँ र त्यहाँ सिकेर आएको सीप कर्मचारीलाई सिकाएर अहिले नियमितरुपमा छुर्पी उत्पादन गरिरहेका छौँ ।”

करिब ७५ प्रतिशत तयारी अवस्थामा यहाँ उत्पादन भएको छुर्पीलाई वातावरण अनुकूल बनाउन काठमाडौँ पठाउने र त्यहाँबाट ‘फाइनल प्रोसेसिङ’ पश्चात् अमेरिका निर्यात गरिदै आएको छ ।सहकारीले अहिले दैनिक चारदेखि ५०० लिटर दूधबाट औसतमा दैनिक ५० केजी छुर्पी उत्पादन गर्दै आएको छ । यो उत्पादनलाई वार्षिक २० हजार केजी पु¥याउने लक्ष्य छ । “यहाँ उत्पादन भएको छुर्पी अमेरिकामा सहजरुपमा खपत हुने गरेको छ”, अध्यक्ष अर्यालले भने, “काम गर्न सकेमा भविष्यमा यसको संभावना र बजार राम्रो रहेको छ ।”

वालिङ १ त्रियाशीलमा व्यावसायिकरुपमा भैँसीपालन गर्दै आउनुभएकी सीता अर्यालले पनि सहकारीमा दूध बिक्री गर्नुहुन्छ । बाहिर बजारमा बिक्री भएसम्म बिक्री गर्ने र बाँकी रहेको दूध सहकारीमा बिक्री गर्दै आएका छन् ।“बाहिर बजारमा पनि हाम्रो फार्ममा उत्पादन भएको दूध लगिन्छ”, व्यवसायी सीताले भने, “बजारमा विक्री भएर बाँकी रहेको दूध सहकारीमा पठाउने गरेकी छु, यसले उत्पादन भएको दूध नबिकेर खेर जान्छ कि भन्ने चिन्ता छैन ।” बाहिर बजारमा प्रतिलिटर रु ९० र सहकारीमा प्रतिलिटर रु ७० देखि ७५ पर्ने गरेको उनले बताए । भैँसीको भन्दा गाईको दूधबाट बनाएको छुर्पी राम्रो हुने गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?