निःशुल्क शिविरमा चार हजार बढी पशुपक्षीको उपचार

रामपुर पाल्पा: पाल्पाको निस्दी गाउँपालिकामा चलेको निःशुल्क पशुपक्षी शिविरमा चार हजार बढी पशुको उपचार गरिएको छ । सोमबार निस्दी–२ सहलकोटमा सञ्चालन भएको शिविरमा १६० घरपरिवारका चार हजार २१७ पशुपक्षीको उपचार गरिएको पशु शाखा संयोजक ओमबहादुर मश्राङ्गीले जानकारी दिनुभयो ।

केही दिनअघि यहाँका पशुमा अज्ञात रोगको सङ्क्रमण फैलिएको थियो । पशुमा ¥याल काढ्ने, ज्वरो आउने, खानेकुरा नखानेजस्ता लक्षण देखिएको शाखा संयोजक मश्राङ्गीले बताउनुभयो । निस्दी गाउँपालिकाको आयोजना र जलदेवी सामाजिक उद्यमी महिला सहकारी संस्था सहलकोटको सहआयोजनामा शिविर सञ्चालन भएको हो ।

भेटेरेनरी अस्पताल तथा पशु विशेषज्ञ केन्द्र पाल्पाका प्रमुख डा चन्द्रबहादुर रानाले शिविरबाट निःशुल्क प्राप्त गरेका औषधि प्रयोग गरी पशुको स्वास्थ्य सुधार गर्न सकिने बताउनुभयो ।रासस

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments