राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने
चितवन : नेपाल कृषि मेशेनरी व्यवसायी संघको आयोजनामा पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी माघ ५ देखि ८ गतेसम्म चितवनमा हुने भएको छ । संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी माघ ५ देखि ८ गतेसम्म चितवनको भरतपुर गर्ने बताएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)का अध्यक्ष खोजराज कटुवालले पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीले नेपाली कृषिहरुको र राष्ट्रिय कृषि उपकरण उत्पादनको वृद्धि र विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले प्रदर्शनीमा नेपालमा उत्पादन भएका कृषिका नयाँ नयाँ प्रविधि,औजार, कृषि उपकरण तथा पछिल्लो दुई वर्षमा आएका विश्वमा कृषिका लागि उत्पादन भएका यन्त्रहरू अवलोकन गर्न पाउने बताउनु भयो ।
अध्यक्ष कटुवालले मुलुक कृषि प्रधान मुलुक भएता पनि कृषि औजारहरू विदेशबाट आयात गर्नु पर्ने अवस्था कायम रहेको बताउनुभयो । उहाँले पछिल्लो समय नेपालमा १० अर्ब भन्दा बढीको कृषि औजार आयात भइरहेको बताउनुभयो । उहाँले अब कृषि प्रविधिहरू नेपालमा नै उत्पादन बढाउनु पर्ने आवश्यकता रहेको समेत औँल्याउनुभयो । अध्यक्ष कटुवालले नेपालमा कृषि औजार उत्पादनको लागि नीतिगत समस्या रहेकाले सरकारबाट समाधान भएमा नै उत्पादन गर्न सहज हुने धारणा राख्नुभयो ।
अध्यक्ष कटुवालले भन्नुभयो,‘ चितवनमा हुने पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीले नेपाली किसानहरूमार्फत राष्ट्रिय उत्पादनको वृद्धि र विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले प्रर्दशनी नेपालमै पहिलो पटक गर्न लागिएको बताउनुभयो । प्रदर्शनीमा नेपालमा नै उत्पालन भएका कृषि औजार, नयाँ प्रविधि,मल,बिउ, मल र पछिल्लो दुई वर्षमा विश्वमा उत्पादन भएका कृषि औजार, नयाँ प्रविधि,मल,बिउ, मल र नेपाललाई सुहाउँदा प्रविधिहरू अवलोकन गर्न पाइने उहाँले जानकारी दिनृुभयो ।
‘नेपाल कृषि प्रधान देश भएता पनि विदेशबाट नै कृषि प्रविधि तथा उपकरणहरू आयात गर्नु पर्ने अवस्था छ । नेपालमा यस्ता उपकरण तथा औजारहरू उत्पादनको लागि नीतिगत समस्याहरू रहेका छन् । हाम्रो देशमा कुनै पनि कृषिसँग सम्बन्धित नयाँ प्रविधि बनाउनको लागि नीतिगत समस्याहरू छन् । सरकारले यस्ता समस्या समाधान गरेमा आगामी दिनमा नेपालमा नै कृषि आधुनिक औजार तथा प्रविधिहरू उत्पादन हुने छन् । नेपालमा प्रत्येक वर्ष १० अर्ब भन्दा बढीका कृषि यन्त्रहरु आयात गर्ने गरिएको छ । प्रदर्शनीमा करिब १ करोड रुपैयाँ खर्च लाग्ने आकलन छ ।
प्रदर्शनीको अवलोकनमा जाने कृषकहरूलाई लक्षित गरी पशुपालन, कुखुरापालन, नवदेवाली, सिँचाई प्रदशनीले नेपालको कृषि तथा पशुपालनको क्षेत्रलाई यान्त्रीकरण, औद्योगीकरण, आधुनिकीकरण एवं व्यवसायी डेरी सञ्चालन, कृषिका नवीनतम औजार, उपकरणबारे प्रदर्शनी स्थलमै विस्तृत जानकारी दिने तयारी गरेको संघले जनाएको छ । त्यस्तै प्रदर्शनीमा विभिन्न रैथाने बाली, कृषि सम्बन्धी सेमिनार, गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम , बाली बिमा सम्बन्धी सुविधा, कृषि सम्बन्धी बीउ, विषादी, मल र अन्य उपकरणको प्रदर्शनी एवं खरिद बिक्री सुविधा , उन्नत विधि र प्रविधिको स्थलगत प्रदर्शनी हुने छ । प्रदर्शनीमा प्रवेश भने निःशुल्क व्यवस्था रहेको छ ।
