केही स्थानमा बिहानैदेखि वर्षा र हिमपात

भारी वर्षा

काठमाडौं :आज पनि देशभर बदली रहेको छ भने केही स्थानमा बिहानैदेखि वर्षा भैरहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हुने क्रम पनि जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौंमा आज बिहान ६ बजेको तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस थियो भने आज दिउँसो १५ डिग्री सेल्सियससम्म पुग्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा आज दिनभर बदली रहे पनि वर्षाको सम्भाना भने न्यून रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी भेगमा हल्का वर्षा हुनेछ ।

आजराति पनि पहाडी भेगमा सामान्य बदली रहने र अन्य भेगमा आंशिक बदली रहनेछ । पश्चिमी वायुको न्यून चापीय प्रणाली अझै कही दिन नेपालमा रहने पनि विभागको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?