बाँकेमा रोडकरिडोर कार्यक्रम प्रभावकारी : सयौं किसान लाभान्वित

राँझा: बाँकेमा रोडकरिडोर कार्यक्रम प्रभावकारी बन्दै गएको छ। लुम्बिनी प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत सञ्चालन गरेको रोडकरिडोर कार्यक्रमबाट बाँकेका सयौं किसान लाभान्वित भएका छन् ।

गत आर्थिक वर्षमा रु ५० लाख अनुदानमार्फत सञ्चालनमा ल्याएको यो कार्यक्रम बाँकेमा प्रभाबकारी बन्दै गएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए। उनका अनुसार, यस कार्यक्रमअन्तर्गत बाँकेका किसानले अहिले बारीमा गोलभेडा, काउली, फूलगोभी, बेमौसमी काँक्रा उत्पादन गरेका छन् ।

चालु आर्थिक वर्षमा भने रकम घटेर आए पनि किसानले आफ्नो उत्पादनलाई घटाएका छैनन्। यो कार्यक्रमअन्तर्गत ५० हेक्टर क्षेत्रफललाई समेटिएको छ। कार्यक्रमले किसानका लागि आवश्यक पर्ने सिँचाइ, पम्पसेट, पावर टेलर, डेलिभरी पाइप, बीउलगायत आवश्यक परेको कृषि सामग्री अनुदानमा दिने गरिएको छ ।

यस कार्यक्रममा कृषि सहकारी, कृषि समूह, निजी कृषि फार्मका किसान सहभागी छन्। तीन वर्षसम्म सञ्चालन हुने यो कार्यक्रमको प्रभावकारिता राम्रो देखिएको केन्द्रका प्रमुख ढकालले बताए। कार्यक्रमको प्रभावकारिताका लागि प्राविधिकबाट निरन्तर रुपमा अनुगमन भइरहेको उनको भनाइ छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?