ग्याँष्टिक,मधुमेह, कब्जियत देखी मुटुसम्वन्धी रोगीको लागि निकै लाभदायक मेथिको साग

मेथी साग तथा मसलाको रूपमा प्रयोग गरिन्छ । मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ पनि हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । प्राचिन काल देखिनै यस्को औषधीय गुणका कारण तरकारी तथा औषधीको रुपमा प्रयोग गरिंदै आएको छ ।मेथीको दाना र साग स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ ।

मेथीको दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फोस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फरोस एसिडजस्ता पौष्टिक तत्व पाइन्छ । मेथीको दानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई समाधान गर्न फाइदा पुर्याउने गर्दछ ।

गुणकारी मेथीको सागका फाइदा :

१. मेथीको साग वा मेथीको दानाको चुर्ण प्रतिदिन खाँदा तपाईंको वजन नियन्त्रणमा रहन्छ, र बोसोको मात्रा बिस्तारै कम हुँदै जान्छ ।

२. घरका बृद्धबृद्धाहरुले जाडोमा मेथी र ड्राइफुडको लड्डु खाएको तपाईंले देख्नुभएको होला । यसको प्रमुख कारण यो हो कि मेथीको सेवनले जोर्नीको दुखाईबाट मुक्ति दिन्छ । यसको बिउ होस वा पात, दुवैले जोर्नीको दुखाईलाई समानरुपले हल गर्छन् ।

४. मेथीको हरियो पातको तरकारीमा प्याज हालेर खाँदा रक्तचापको समस्याबाट छुट्कारा पाउन सकिन्छ । न्यून रक्तचाप हुनेहरुका लागि पनि मेथीको मसलावाला सागले फाइदा पुर्‍याउँछ । खासगरी अदुवा र गरम मसला यसमा लाभकारी हुन्छन् ।

५. यदि तपाईंलाई बारम्बार पिशाब आउने समस्या छ भने मेथीको पातको रसले तपाईंलाई निकै फाइदा पुग्छ । दैनिक यसको सेवनबाट तपाईको समस्या बिल्कुल समाप्त भएर जान्छ ।

६. मेथीको साग नित्य सेवन गर्दा मुटुसम्बन्धी रोगलाई नजिक आउन दिँदैन । यसले हृदयघातको सम्भावनालाई निमिट्यान्न बनाउँछ र तपाईं आफ्नो मुटुलाई पूर्णरुपमा स्वस्थ राख्न सक्नुहुन्छ ।

८. पेटमा किरा परेको बेलामा पनि मेथीले एउटा सटिक औषधिको काम गर्छ । अधिकांश बच्चामा यो समस्या देखिन्छ । यस्तोमा मेथीको पातको रस निकालेर बच्चालाई प्रतिदिन एक चम्चा खुवाउनुपर्छ ।

९. धेरैजसो मानिसहरुलाई पेटसम्बन्धि समस्या हुने गर्दछ । जसमध्ये कब्जियत र ग्यास्ट्रिक प्रमुख हुन् । मेथीको हरियो साग खानाले पाचनतन्त्रले सुचारुरुपमा काम गर्नुका साथै कब्जियत वा ग्यास्ट्रिक जस्ता समस्याबाट छुट्कारा दिलाउँछ ।


भान्सामा औषधी : यस्ता छन् मेथीका फाइदै फाइदा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments