पढाइ खर्चको जोहो संगै व्यवहारिक ज्ञान : करिब १५ सय पोकामा च्याउ खेती सुरु गर्दै कृषि विद्यार्थी

इटहरी: कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन बाट सम्बन्धन प्राप्त जीविका कृषि बिज्ञान कलेज इटहरीमा बि.एससी.एजी तेस्रो र चौथो सेमेस्टरमा अध्ययनरत खोटाङका अनिल खड्का, राजविराजका धिरज मण्डल, सर्लाहीका नवीन मण्डल, सुनसरीका विनोद थापा र मोरङका शिरीष मगर मिली सैद्धान्तिक रूपमा पढेका कुराहरूलाई व्यवहारमा उतार्ने साथै पढाइ खर्चको जोहो गर्ने उद्देश्यले च्याउ खेती सुरु गरेका छन् ।

कलेजकै हाताभित्र च्याउ घरको निर्माण गरी करिब १५ सय पोकामा कन्य च्याउ खेती गरिरहेका छन् । धेरै जस्तो पढाइ जागिर मुखी भएको र अहिलेका युवाहरुको आकर्षण कृषि तर्फ घट्दै गइरहेकोले भविष्यमा सफल कृषि उद्यमी बन्ने लक्ष्यसहित च्याउ खेती सुरु गरेका हुन्। विद्यार्थीहरुलाई च्याउखेती गर्न कलेजले समेत भरपुर सहयोग गरेको छ।

अहिले विद्यार्थीहरूले कन्य च्याउ खेती गरिरहेका छन् भने छिट्टै अरु च्याउ ताजा तरकारी साथै चाडबाडको अवसर पारेर फूल समेत खेती गर्ने उनीहरूको उद्देश्य छ। विद्यार्थीहरुको कृषि उद्यम तर्फ आकर्षित भएकोले आगामी दिनमा पनि कलेजले उद्धमी उत्पादनमा समेत भूमिका खेल्ने जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments