सुकेकोटमा पशुमा फैलिएको खोरेत रोग नियन्त्रणमा आयो

किसानलाई भैँसी

रामपुर: पाल्पाको निस्दी गाउँपालिका–२ स्थित सुकेकोटमा पशुमा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ । गाउँका करिब ३०० गाई, भैसी, बङ्गुर, बाख्रामा खोरेत रोग फैलिएको थियो ।केन्द्रीय प्रयोगशालामा नमूना परीक्षणपश्चात उपचार सुरु गरेपछि अहिले सङ्क्रमण कम हुँदै गएको निस्दी पशु शाखा प्रमुख ओमबहादुर मश्राङ्गीले बताउनुभयो । सुकेकोट गाउँमा मात्रै तीन हप्ताअघिदेखि पोजेटिभ खोरेत रोगले सताएको थियो ।

खोरेत लागेका पशुमा रिङ भ्याक्सिङ दिइएको र अन्य सङ्क्रमण नफैलिएका ४७० पशुलाई खोरेतविरुद्धको भ्याक्सिन दिइएको शाखा प्रमुख मश्राङ्गी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “निरन्तरको उपचारले छिट्टै सङ्क्रमण रोकियो, अहिले पूर्णरूपमा पशु निको नहुँदासम्म यस क्षेत्रमा पशु ओसारपसारमा रोक लगाइएको छ ।”

यहाँ तीन भैँसी, नौ बाख्रा र दुई बङ्गुर खोरेत रोग लागेर मरेका छन् । गाउँका १६ घरपरिवारको पशुमा खोरेत रोगले सताएको पशु शाखाले जनाएको छ । पोखराबाट गाउँमा पञ्चवली पूजाका लागि ल्याइएका भेँडाबाट सङ्क्रमण फैलिएको पशु प्राविधिकको भनाइ छ ।(रासस)

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments