सङ्कलन पुर्जी र छुट पुर्जी विना लैजाँदै गरेको ४० क्विन्टल जडीबुटीसहित दुई जना पक्राउ

खलङ्गा:सङ्कलन पुर्जी र छुट पुर्जी विना लैजाँदै गरेको जडीबुटी प्रहरीले नियन्त्रणमा लिएको छ । यहाँको पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलङ्गातिर आउँदै गरेको जडीबुटी बोकेका दुई ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

“जाँचका क्रममा सङ्कलन पुर्जी भेटिएको छैन”, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भन्नुभयो, “दुवै ट्र्याक्टरमा ल्याएको जडीबुटी नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएका छौँ ।” पातारासी गाउँपालिका–७ बस्ने टेकेन्द्र बुढा र असल कठायतले ट्र्याक्टर चलाइरहेको अवस्थामा जडीबुटी नियन्त्रणमा लगिएको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका आुसार सङ्कलन पुर्जी तथा छुट पुर्जी विना लैजाँदै गरेको अवस्थामा प्रहरीले ४० क्विन्टल सेतक चिनी जडीबुटी नियन्त्रणमा लिएको छ । चालकसहित दुवै ट्र्याक्टरलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय जुम्लामा बुझाइएकोे छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?