जुम्लाका १५० भेडापालक किसानले गोठालो भत्ता पाउँदै

भेडी गोठ

जुम्ला : चालू आर्थिक वर्षमा जुम्लाका झण्डै १ सय ५० भेडापालक किसानले गोठालो भत्ता पाउने भएका छन् । किसानलाई प्रोत्साहन र व्यवसाय प्रवर्द्धनका लागि कर्णाली प्रदेश सरकारले ल्याएको कार्यक्रम अनुसार जुम्लाका किसानले गोठालो भत्ता पाउने भएका हुन् ।

करिब ५० भन्दा बढी भेडा पालन गरेको किसानले मासिक एक हजार ५ सय गोठालो भत्ता पाउने छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले भन्नुभयो,“भेडा पालक किसानलाई प्रोत्साहन र व्यवसाय प्रवर्द्धनका लागि ‘गोठालो भत्ता’ कार्यक्रम लागू गरिएको छ । ५० भन्दा बढी भेडा पाल्ने किसानले मासिक १५ सयका दरले वार्षिक १८ हजार भत्ता पाउने छन् ।”

कर्णाली सरकारले चालू आर्थिक वर्षमा गोठालो भत्ता तथा यस अन्तर्गतका अन्य कार्यक्रमका लागि साबिक कर्णालीका पाँच जिल्लामा ७२ लाख रुपैयाँ विनियोजन गरेको छ । गोठालो भत्ताका लागि मात्रै १५० किसानका लागि जुम्लामा २२ बढी रकम विनियोजन भएको छ । किसानले भत्ताका लागि आवेदन दिने मूल्याङ्कन प्रक्रिया चलिरहेकोले चाडै जुम्लाका किसानलाई गोठालो भत्ता दिइने प्रमुख महतले जानकारी दिनुभयो ।

भत्ता पाउन २६५ किसानको निवेदन

गोठालो भत्ता पाउनका लागि जुम्लाका २ सय ६५ किसानले निवेदन दिएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयले गोठालो भत्ताका लागि आह्वान गरेको प्रस्तावनामा जुम्लाका झण्डेै २ सय ६५ किसानले निवेदन दिएका हुन् ।

तर कार्यविधिअनुसार ५० भन्दा माथि भेडा पाल्ने १ सय ५० किसानले मात्रै गोठालो भत्ता पाउने छन् । पशु सेवा कार्यालयका प्रमुख गोविन्द महतले भन्नुभयो,“प्रस्तावना आह्वान गर्दा २ सय ६५ किसानको निवेदन परेको छ । ती मध्यबाट १५० किसान छनोट गर्नुपर्ने छ । निवेदन परेका कृषकको अनुगमन गरेर, वास्तविक किसान हो कि हैन पत्ता लगाई स्थलगत रिपोर्ट र मूल्याङ्कन पछि मात्रै गोठालो भत्ता वितरण गर्ने छौ ।”

निवेदन परेका किसानको वास्तविकता बुझ्न कर्मचारीलाई फिल्डमा परिचालन गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका योजना प्रमुख धनबहादुर महतले बताउनुभयो । फिल्डको प्रतिवेदन अनुसार योग्य किसानलाई आगामी फागु महिनादेखि भत्ता दिइने छ ।

भत्ताको रकम सम्बन्धित किसानको बैङ्क खातामा जम्मा गरिने छ । गोठालो भत्ता कार्यक्रमले किसानलाई भेडापालन तर्फ आकर्षित गरेको छ । व्यवसाय प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । भने, पशु अस्पताल तथा पशु सेवा कार्यालयमा २ सय ८४ किसानले आफ्नो फार्म सूचीकृत गराएका छन् । जुम्लामा भेडापालक किसान धेरै भएकोले अनुगमनपछि मात्रै भत्ता वितरण गरिने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?