हिमालको तरकारीखेती फस्टाउँदै

गोलभेँडाले मूल्य पाएन, कृषक मर्कामा

तुलसीपुर:रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– ५ जिवाङ निवासी हिमाल डाँगी कुनै समय नेपाली सेनाका जागिरे हुनुहुन्थ्यो । जागिरे जीवनमा रहँदा देशको सेवामा रमाउनु भएका डाँगी अहिले पाखोबारीमा ‘सुन’ फलाउने अभियानमा हुनुहन्छ । उहाँकै गाउँ–ठाउँका साथी तुलसीराम वलीको सहयोगमा दाङ तुलसीपुर महानगरपालिका–१७ बघौसीमा व्यवसायिक खेतीमा तल्लिन हुनुहुन्छ ।

उहाँले नेपालमै केही व्यवसाय गर्नुपर्छ भनेर तरकारी खेतीतर्फ लागेको बताउनुभयो । “सेनाको जागिरमा भन्दा कृषि क्षेत्रमै मैले भविष्य देखेँ”, उहाँले भन्नुभयो,“त्यसैले म कृषि पेशामा आवद्ध छु ।” वली मेट्रो कलेज तुलसीपुरका वन विज्ञान फाँटका प्रमुखसमेत हुनुहुन्थ्यो । तर, उहाँले त्यो काम छोडेर अहिले कृषि पेसामै लाग्नुभएको हो । दुबै जनाको सहकार्यमा एकीकृत बहुद्देश्यीय कृषि फार्म दर्ता गरेर उहाँहरुले कृषि व्यवसाय गरिरहनुभएको छ । उहाँहरुले बाँझो रहेको जग्गालाई हराभरा बनाउने योजना राख्नुभएको छ ।

“मेहनत गरे नेपालमै मनग्य आम्दानी गर्न सकिन्छ”, वलीले भन्नुभयो,“हामी त्यसको उदाहरण बन्न चहान्छौं ।” एक जिल्ला, एक नमूना कृषि वन कार्यालय अन्तर्गत सञ्चालन भएको उक्त फार्ममा गोलभेडा, सिमी, बोडी, बन्दा, काउली, तितेकरेलालगायतका खेती गरिएको छ ।

यति मात्रै होइन्, त्यहाँ फलफूलको खेती हुने गरेको छ । हाल एक हजार ५०० बोट कागती लगाइएका छन्, भने २०० कदमका बोट, २०० लहरे पिपल, ५० अम्बा, ५० आँप, २० दालचिनी, ३० मसला रहेका छन् । आगामी वर्षदेखि व्यावसायिक पशुपालन गर्ने समेत उद्देश्य रहेको छ । उहाँहरुले व्यावसायिक रुपमा राँगापालन गर्ने योजना बनाउनुभएको छ ।

उहाँहरुले दश बिघा जग्गा भाडामा लिएर खेती गरिरहनुभएको छ । तीमध्ये साढे दुई बिघा जग्गामा कागतीखेती र बाँकी जग्गामा तरकारी र रुख लगाउनुभएको छ । अहिलेसम्म ६० लाख लगानी भइसकेको उहाँहरुको भनाइ छ । (रासस)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments