सप्तकोशी नदीमा ३० हजार माछाका भुरा छाडियो

हेटौडा : सप्तरी र सुनसरी जिल्लाकोबीचमा पर्ने सप्तकोशी नदीमा ३० हजार माछाका भुरा छाडिएको छ ।

प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र मकवानपुरले राहु र नैनी जातका ३० हजार माछाका भुरा नदीमा छाडेको हो ।

प्राकृतिक जलाशय मत्स्य प्रर्वद्धन तथा संरक्षण केन्द्र मकवानपुरका कार्यालय प्रमुख सरोज कुमार यादवले जलीय जैविक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर अभिवृद्धिका लागि स्थानीय जातका माछा नदीमा छाडिएको जानकारी दिनुभयो ।

खोला नालामा फोहोर ढल मिसाउने, विषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने लगायतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जीवनस्तर उकास्ने उहाँको भनाई थियो ।

नेपालमा ४ लाख १ हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कूल ९७ हजार मेट्रिक टन माछा मध्ये २१ प्रतिशत प्राकृतिक जलाशयबाट उत्पादन हुने गर्दछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?