धानबालीमा क्षति पुगेका किसानलाई रकम रु एक अर्ब निकासा :राहत पाउलान् त सहि किसानले ?

काठमाडौँ: सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन रु एक अर्ब निकासा गरेको छ ।

हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भई आएका जिल्लालाई मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव समेतको उपस्थितिमा बसेको बैठकले धानबालीमा क्षति पुगेका किसानलाई मात्र राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । मापदण्ड, २०७८ ले निर्धारण गरेको आधार र प्रक्रिया बमोजिम राहत उपलब्ध गराउन लागिएको छ ।

देशका विभिन्न भागमा गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म बेमौसमी वर्षाको कारण धानबालीमा क्षति पुग्दा विभिन्न जिल्लाका किसान प्रभावित भएका थिए । किसानलाई राहत उपलब्ध गराउने सम्बन्धमा गत कात्तिकमा सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउनेसम्बन्धी मापदण्ड, स्वीकृत गरेको थियो ।

अर्थ मन्त्रालयबाट निकासा प्राप्त रकम केन्द्रीय विपद् व्यवस्थापन कोषमा ल्याई सो रकम मध्ये धानबालीमा क्षति पुगेका ईलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, सिरहा, बारा, रौतहट, मकवानपुर, रसुवा, काभ्रे, सिन्धुली, स्याङ्जा, कास्की, पर्वत, बर्दिया, दाङ, रोल्पा, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, बाँके, प्यूठान, हुम्ला, जुम्ला, कालिकोट, डडेल्धुरा, बाजुरा, बैतडी, कन्चनपुर र कैलालीका किसालाई राहत उपलब्ध गराउन निर्णय भएको हो । तत् जिल्ला विपद् व्यवस्थापन कोषमा रु ८५ करोड चार लाख यही फागुन २ गते रकम निकासा भइसकेको गृह मन्त्रालयले जनाएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?