नवलपुरमा यस वर्ष तोरी उत्पादनमा वृद्धि

तोरीबारी

नवलपुर : मौसम अनुकूलताका कारण नवलपुरमा यस वर्ष तोरी उत्पादनमा वृद्धि भएको छ ।विगतका वर्षमा निरन्तर ओरालो लागेको तोरीको उत्पादनमा यस वर्ष भने बढेको हो ।

मलको अभाव, सिँचाइको समस्या तथा रोग कीराको प्रकोप घटेको र मौसम अनुकूल हुँदा उत्पादन बढेको हो ।

तोरी फूलेर फल लाग्ने मुख्य समयमा मौसम अनुकूलता हुनु नै उत्पादन वृद्धिका मुख्य कारण रहेको कृषि ज्ञान केन्द्र नवलपुरकी बाली संरक्षण अधिकृत मिरा चौधरीले बताउनुभएको छ ।

कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार यस वर्ष एक हजार १ सय ८० हेक्टरमा तोरी लगाइएको थियो । अहिलेको उत्पादनको अवस्था अनुसार करिब एक हजार २ सय ५० मेट्रिक टन तोरी उत्पादन हुनेछ ।

जिल्लाको कावासोती, मध्यविन्दु, देवचुली र गैडाकोटका स्थानलाई तोरीको पकेट क्षेत्र मानिन्छ । सरकारले तेलहन बालीलाई प्रवद्र्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण अहिले बढेको हो ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments