आज कालिमाटी बजारमा फलफूल र तरकारीको मूल्य कति ?

कृषि तथा पशुपालन व्यवसाय

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४५, अनार मूल्य २७५, अंगुर(कालो)प्रतिकेजी २३५, अम्बा ११०,आलु रातो प्रतिकेजी मूल्य २६.५०, इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी चुकुन्दर प्रतिकेजी ८५,स्थानीय काउली ३० रुपैयाँ,गोलभेडा ठूलो(नेपाली) ६५,गोलभेडा सानो(लोकल) २५,ठूलो गोलभेडा(भारतीय)६५,गुन्दुक प्रतिकेजी २३५ रुपैयाँ ,लोकलकाक्रो १३५ रुपैयाँ, पुदीना प्रतिकेजी ७५० रुपैयाँ ,कागती प्रतिकेजी १२० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी ४५०,आभोकाडो ४५०,केरा प्रतिदर्जन १०५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) ३७५,घिउ सिमी(लोकल) ७५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ३५, भिण्डी ९५,च्याउ डल्ले ३६५ रुपैयाँ,ताजा माछा(छडी) प्रतिकेजी २६०,ताजा माछा(रहु) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?