काठमाडौँको तारकेश्वरमा वर्डफ्लु भेटियो, पाँच हजार कुखुरा नष्ट

काठमाडौँ: काठमाडौँको तारकेश्वर नगरपालिका–७ फुटुङस्थित एक कुखुरा फर्ममा वर्डफ्लु भेटिएको छ । प्रहरी वृत्त बालाजुका अनुसार वर्डफ्लु भेटिएपछि करिब पाँच हजार कुखुरा नष्ट गरिएको छ ।

यसअघि, सरकारले चितवनको राप्ती–६ स्थित अनिता पशुपक्षी कृषि फार्म र काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा–३ गोविन्द मगरले पंक्षी पालेको स्थानलाई वर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको थियो ।

वर्डफ्लु पक्षीबाट मानिसमा सर्न सक्ने भएकाले थप जोखिम हुन नदिनका लागि वर्डफ्लु देखिएपछि सरकारले हाँस, कुखुरा, टर्की जस्ता पक्षीहरूलाई नष्ट गर्ने गर्दछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments