सुपारी खेतीका बारेमा पहिलोपटक नेपाली भाषामा कृति प्रकाशित

झापा:सुपारी खेतीको बारेमा नेपाली भाषामा लेखिएको पहिलो कृतिको बुधबार धुलाबारीमा लोकार्पण गरिएको छ ।

सुपारी खेतीमा विद्यावारिधि गर्नुभएका डा शरणकुमार रिजालको ‘नेपालमा सुपारी खेती तथा उद्योग’ नामक कृतिको लोकार्पण गरिएको हो । नेपाली मूलका भारतीय रिजालले प्रकाशित गरेको यो पुस्तकको लोकार्पण मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गर्नुभएको थियो ।

सुपारी जोन समिति झापाका अध्यक्ष नीलकण्ठ तिवारी प्रकाशक रहेको सो पुस्तकको लोकार्पण समारोहमा कृतिको समीक्षा साहित्यकार तथा शिक्षक ज्ञानेन्द्र ढुङ्गानाले गर्नुभएको थियो । ११८ पृष्ठको सो पुस्तकमा सुपारी खेती तथा उद्योगका विषयमा महत्वपूर्ण वर्णन गरिएको समीक्षक ढुङ्गानाले बताउनुभयो ।

नेपाल सुपारी खेती विकास संस्थाका संस्थापक अध्यक्ष दुर्गालाल श्रेष्ठले कार्यक्रमको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगरकी उपप्रमुख मीना उप्रेती, कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, उपभोक्ता जागरण अभियानका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, कृषि ज्ञान केन्दका विज्ञ शालिकराम भट्टराई, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्राविधिक रविन निरौलालगायतले कृतिमा अधारित भएर मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी प्राज्ञसभा सदस्य सुभद्रा भट्टराईको दोस्रो साहित्यिक कृति ‘भुइँफूल’ को मङ्गलबार विमोचन गरिएको छ । भद्रपुर नगरपालिका–२ स्थित किचकबध पर्यटकीयस्थलमा आयोजित एक समारोहमा वरिष्ठ साहित्यकार चूडामणि रेग्मीले कृतिको विमोचन गर्नुभएको थियो । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?