परम्परागत खेती छोडेर किसान किबी खेतीमा आकर्षित

किबी खेती

तेह्रथुम : तेह्रथुमका किसान किबी खेतीमा आकर्षित हुन थालेका छन् । इलामबाट किबीको नर्सरी ल्याएर खेती सुरु गरेका तेह्रथुम लालीगुराँस सोल्माका किसानको घर घरमा किबी खेती देख्न सकिन्छ ।

परम्परागत खेती भन्दा नयाँ खेती सुरु गर्दा धेरै फाइदा भएको सोल्माका किसान देवी पोख्रेलको भनाई छ । नगदेबालीबाट मनग्य आम्दानी लिन सकिने उहाँले बताउनुभयो । यहाँका किसानले किबीबाट बार्षिक ३ लाख रुपैयासम्म आम्दानी लिन थालेका छन् ।

थोरै क्षेत्रफलमा धेरै आम्दानी हुने खेती भएकाले किबी खेतीको आम्दानी देखरे उनी दंग छन् । यहाँका प्रत्येक घरमा किबी खेती गर्न थालिए पनि पोख्रेलको किबी खेती जिल्लाकै उत्कृष्ट बनेका छन् ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments