किसानको जीवनमा सुधार नभएसम्म देशको अर्थतन्त्र सुधार हुन सक्दैन : मन्त्री यादव

काठमाडौं:कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले किसानको जीवनमा सुधार नभएसम्म देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताएका छन् ।

युटर्न इन्टरनेशन प्रालिको दोश्रो स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री यादवले ६५ प्रतिशत किसानहरुलाई अझैपनि जीविकोपार्जनका लागि समस्या भएको भन्दै किसानको जीवनमा सुधार नभएसम्म देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताएका हुन् ।

उनले कृषिमा दुई दशमलव ७ प्रतिशत मात्रै बजेट छट्टाइएको भन्दै यसले कृषि क्षेत्रको बिकास गर्न कठिन भएको धारणा राखे । किसानलाई आत्मनिर्भर बनाउनका लागि यस क्षेत्रको बजेट बढाउनुपर्ने उनको भनाइ छ ।

त्यस्तै उनले देशको आवश्यकतालाई धान्न खण्डीकृत कृषि नभई सामूहिक कृषि गर्नुपर्नेमा जोड दिदै यसका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्रलाई रु ५० हजार प्रदान गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?