कुन दूध बढी पोसिलो भैंसी या गाईको ?

दूधमा अनुदान

दूध आफैंमा एक पोषणयुक्त पेय (खानेकुरा) हो । दूधमा धेरै मात्रामा क्याल्यिसम पाइन्छ, जो हड्डी र दाँतका लागि आवश्यक हुन्छ ।

स्वस्थ रहनका लागि चिकित्सकहरुले पनि नियमितजसो दूध पिउन सल्लाह दिन्छन् । दूधको कुरा गर्दा गाई या भैंसी, कसको दूध बढी फाइदाजनक हुन्छ भन्ने विषय पनि उठ्ने गर्छ ।

गाई या भैंसीको दूधका आ–आफ्नै फाइदा छन् । यो आलेखमा गाई र भैंसीको दूधमा हुने फरकपना र फाइदाको विषयमा चर्चा गरिएको छ ।

फ्याट

मानिसको स्वास्थ्यका लागि फ्याटको जति महत्व हुन्छ, यसको बढी प्रयोगले त्यत्तिकै हानी पनि पु¥याउँछ । भैंसीको दूधको तुलनामा गाईको दूधमा फ्याटको मात्रा कम हुन्छ ।

गाईको दूधमा ३ देखि ४ प्रतिशतसम्म फ्याट हुन्छ भने भैंसीको दूधमा ७ देखि ८ प्रतिशतसम्म फ्याट हुन्छ ।

पानीको मात्रा

तपाईं दैनिक पानी कम पिउनुहुन्छ र, आफूले खाने÷पिउने अन्य चिजबाट शरीरमा पानीको आपूर्ति होस् भन्ने चाहनुहुन्छ भने गाईंको दूध पिउँदा राम्रो हुन्छ । गाईको दूधमा ९० प्रतिशतसम्म पानी हुन्छ ।

प्रोटिन

हाम्रो शरीरका लागि नभइ नहुने तत्वमा पर्छ प्रोटिन । गाईको दूधको तुलनामा भैंसीको दूधमा १० देखि ११ प्रशित बढी प्रोटिन पाइन्छ । यद्यपि नवजात शिशू र बृद्धबृद्धालाई भैंसीको दूध खुवाउँदा बढी प्रोटिनले केही असर पनि पु¥याउन सक्छ ।

कोलेस्ट्रोल

अहिलेका लागि दीर्घ रोगको कारणमध्ये कोलेस्ट्रोल पनि एक हो । कोलेस्ट्रोलले रगतलाई बाक्लो बनाउँछ । जसका कारण मिर्गौला, मोटोपना, मुटुसम्बन्धी रोगबाट पीडित भइन्छ । गाई र भैंसीको दूधमा पनि कोलेस्ट्रोलको मात्रा अलग–अलग हुन्छ ।

गाईको दूधको तुलनामा भैंसीको दूधमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ ।

क्यालोरी

भैंसीको दूधमा प्राटिन र फ्याटको मात्रा बढी हुन्छ, यसको अर्थ यसमा क्यालोरी पनि बढी हुन्छ । एक अध्ययनका अनुसार २५० एमएल (मिलिलिटर) भैंसीको दूधमा २७३ क्यालोरिज हुन्छ भने गाईको दूधमा १४८ क्यालोरिज हुन्छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments