सोमालियामा खडेरी: ६९ लाख मानिस, ९५ लाख भन्दा बढी पशुचौपाया प्रभावित

काठमाडौं: अफ्रिकी मुलुक सोमालियामा लामो खडेरीका कारण ६९ लाख जनता प्रभावित भएका छन् ।

सोमालियाको विभिन्न भागमा लामो खडेरीका कारण लाखौं जनता प्रभावित भएको भन्दै त्यहाँको सरकारले मानवीय सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको छ । सोमालियाका प्रधानमन्त्री मोहमद रोब्लेले एक विज्ञप्ति जारी गर्दै खडेरीको अवस्था नाजुक हुँदै गएकाले सहयोग छिटो पुर्याउन दाताहरूलाई आग्रह गर्नुभएको छ ।

खडेरीका कारण झण्डै ६९ लाख मानिस मात्र नभई ९५ लाख भन्दा बढी पशुचौपाया पनि प्रभावित भएको बताइएको छ । पानीको हाहाकार हुँदा लाखौं जनता पिउने पानीबाट बन्चित भएका छन् । सोमालियामा विगत ३ वर्षदेखि पानी परेकाे छैन ।

सरकारले सन् २०११ को अनिकालपछि देशले सबैभन्दा ठूलो खडेरीको सामना गर्नुपरेको बताएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?