भन्सार छलेर ल्याएको ४३ बोरा चिनी बरामद

काठमाडौँ: प्रहरीले नेपालगञ्जबाट भन्सार छलेर ल्याएको चिनी बरामद गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरबाट साढे २१ क्विन्टल चिनी बरामद भएको वडा प्रहरी कार्यालयका निमित्त इन्चार्ज माधव रिजालले जानकारी दिए ।

भारतबाट लुकाइछिपाई भित्र्याइएको ५० किलोका ४३ बोरा चिनी बरामद भएको प्रहरीले जनाएको छ। चिनी भारतमा सस्तोमा पाईने भएकाले तस्करहरूले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउने गरेका छन्। उक्त चिनी थप कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?