राँगा आयात गर्ने : भारतसँग कृषिका ७ एजेन्डामा छलफल

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला रासायनिक मल, कृषि व्यापार प्रवर्द्धन, प्राविधिक सहायतालगायत विभिन्न सात विषयमा छलफल हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, कृषि सचिव डा. गोविन्द शर्मा पनि रहेका छन् । भारत सरकारसँग कृषिमा छलफलका लागि विभिन्न सातवटा एजेन्डा लिएर उनीहरू गएका हुन् । कृषिमन्त्री यादवका प्रेस सल्लाहकार सत्यप्रकाश यादवका अनुसार नेपालमा रासायनिक मल कारखाना खोल्न चाहिने सहयोगका बारेमा छलफल हुनेछ।

जीटुजी विधिबाट रासायनिक मल खरिद, रासायनिक मल कारखाना स्थापना, कृषिजन्य वस्तुको व्यापार प्रवर्द्धन, कृषिमा प्राविधिक सहायता, नश्ल सुधार गर्न मुर्रा राँगा आयात, एकीकृत जाँचचौकी स्थापना र खोरेत खोप उत्पादन विषयमा सहमति भएकाे खबर आजको गोरखापत्र दैनिकमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?