आयातित माछामा शवहरू सड्न नदिन फर्मालिनको प्रयोग

कावासोती :नवलपुरमा बिक्रीका लागि राखिएका माछामा फर्मालिन प्रयोग भएको पाइएको छ। माछालाई कुहिनबाट जोगाउन विषाक्त रसायन प्रयोग गरेको पाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए।

प्रशासनले यही चैत १६ नवलपुरको मध्यविन्दु नगरपालिका चोरमारामा रहेको माछा पसलमा रहेका माछा परीक्षण गर्दा फर्मालिनको प्रयोग भएको पाइएकाले ३८ किलो माछा नष्ट गरेको थियो।

जिल्लाकै देवचुली नगरपालिका रहजमा शुक्रबार अर्को माछा पसलका माछा परीक्षण गर्दा त्यहाँसमेत फर्मालिन प्रयोग भएको भेटिएकाले त्यहाँबाट ६८ केजी माछा नष्ट गरिएको थियो। ती पसलमा फर्मालिनको प्रयोग भएको पाइएपछि यहाँका अन्य पसलमा पनि यस्ता विषाधियुक्त माछा धेरै बिक्री हुने गरेको आशङ्का पैदा भएको उनको भनाइ थियो।

फर्मालिन प्रयोग भएका माछा वितरण गर्ने मुख्य वितरकसम्म पुग्न अनुसन्धान सुरु गरिएको जानकारी दिँदै सहायक प्रजिअ बरालले भने, ‘भारतबाट आयातित माछा हुन् कि भन्ने शङ्का छ, जिल्लामा मुख्य वितरकसम्म पुग्ने प्रयासमा छौँ।’ उनले नवलपरासी पश्चिम, रूपन्देहीलगायत नाकाबाट फर्मालिन प्रयोग भएको माछा भित्रिन नदिन सम्बन्धित कार्यालयलाई समेत पत्राचार गरिने बताए।

फर्मालिन एक प्रकारको विषाक्त रसायन हो। यसको प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पर्दछ। शवहरू सड्न नदिन फर्मालिनको प्रयोग गरिन्छ। मरेका माछालाई फर्मालिनमा डुबाएपछि ताजा जस्तै देखिन्छ। यसकारण माछामा यस्ता रसायन प्रयोग गर्ने गरिएको हो।रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?