बाँदर र बँदेलले सताएपछि भालुको पहिरनमा कृषक

एजेन्सी :बाँदर र जङ्गली बँदेलले अन्नबाली खाएर हैरान पारेपछि भारतको तेलंगानाका केही कृषकहरूले ती वन्यजन्तुलाई तर्साउन भालुको पहिरन लगाएका ज्यालादारी मान्छेलाई खेतबारी डुलाउन थालेका छन्।

भालु जस्तै देखिने पहिरन लगाएर खेतमा घुम्ने व्यक्तिहरुलाई ती कृषकहरुले दैनिक ८ सय रुपैयाँसम्म दिइरहेका छन्।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार सिद्दीपेटको कोहडाका कृषक भास्कर रेड्डीले जंगली सुँगुर र बाँदरहरूको खतरासँग लड्न यो अनौठो विधि अपनाए जसले तेलंगानाको सिद्धिपेटमा आफ्नो बाली काट्नु अघि नै क्षति पुर्‍याउँछन्।

रेड्डी र उनको छोरा पनि पालैपालो भालुको पहिरन लगाएर खेतहरू घुम्छन्। यद्यपि, रेड्डीले एएनआईलाई भने कि उनले यही कामका लागि एक जना व्यक्तिलाई समेत राखेका छन्। रेड्डीले भने, ‘ती व्यक्तिलाई मैले दैनिक आठ सय रुपैयाँ दिइरहेको छु। पहिरन लगाउन र ती जनावरलाई धपाउने जिम्मेवारीका लागि यो रकम दिएको हुँ।’

रिपोर्टहरूका अनुसार रेड्डीले हैदरावादको एक पोशाक आपूर्ति विक्रेताबाट स्लोथ बियर आउटफिट (भालु जस्तै देखिने पहिरन) ल्याएका हुन्। यसका लागि उनले १६ हजार रुपैयाँ खर्च गरेका छन्। यो पोशाक कम्पनीले थिएटरमा काम गर्ने समूहहरूका लागि पोशाक बनाउँदछ।

रेक्सिनबाट बनेको पहिरन गर्मीमा लगाउन असहज हुने तर जनावरलाई जोगाउन यो प्रभावकारी भएको रेड्डीले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?