पशुचौपायको दूध बढाउने दाना र छलीको चिनी बरामद

सर्लाही : सर्लाहीको ब्रम्हपुरी गाउपालिका–४ स्थित त्रिभुवननगर सीमा नाकाबाट नेपाल प्रहरीले ३ सय केजी चिनी र पशुचौपायको दूध बढाउने दाना २ सय केजी बरामद् गरेको छ ।

प्रहरी चौकी त्रिभुवननगरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक मोहनमणी कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा चिनी २५ केजीका दरले १२ बोरा र पशु चौपायको दूध बढाउने दाना ५० केजीका दरले ४ बोरा बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिए ।

त्रिभुवननगरबाट बयलवासतर्फ आउने स्थानीय यात्रु बसबाट चेकजाँचको क्रममा सो सामान बरामद् भएको हो । बरामद् भएको सामान करिब रु २५ हजार बराबरको रहेको प्रहरीले जनाएको छ ।

चामलको बोरामा चिनी प्याक गरी लुकाई छिपाई बयलवासतर्फ लैजाँदै गर्दा प्रहरीले चेकजाँचको क्रममा सो सामान बरामद् गरेको सर्लाही प्रहरीले जनायको छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments